{"title":"‘साल्गीको बलात्कृत आँसु’ कथामा वर्गीय द्वन्द्व {Class Struggles in Salgi's Raped Tears}","authors":"सुरज Suraj पौडेल Poudel","doi":"10.3126/kdk.v3i1.52127","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत ‘साल्गीको बलात्कृत आँसु’कथामा वर्गीय द्वन्द्व शीर्षकको आलेख माक्र्सवादी वर्गीय चिन्तनका कोणबाट कथालाई विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी संकलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । कथामा प्रयुक्त ल्वाँगे घर्ती, सरदार्नी लगायतका पात्रहरूले शोषक र सामन्त वर्गको प्रतिनिधित्व गरेका छन् भने साल्गी, साल्गीकी आमा, आवा लगायतका पात्रहरूले शोषितपीडित वर्गको प्रतिनिधित्व गरेका छन् । खासगरी ल्वाँगे घर्तीजस्तो दलालले गाउँकी सोझी केटी साल्गीलाई आर्थिक प्रलोभनमा पारी जागिर लगाइदिने बहानामा कानपुरको वेश्यालयमा पु¥याई नारकीय जीवन बिताउन बाध्य बनाएको छ । साल्गीको देह व्यापारबाट वेश्यालयकी मालिक्नी सरदार्नी रातारात धनी बनेकी छ तर साल्गी जीर्ण शरीर र विदीर्ण हृदय लिएर गाउँ र घरपरिवारको सम्झनालाई केवल हृदयमा सजाएर बाँच्न विवश छ । वर्गीय चिन्तनका कोणबाट कथालाई दृष्टिगत गर्दा कथाका निम्नवर्गीय पात्रहरू गरिबी÷अभाव र अशिक्षाको शिकार, यौन शोषण र प्रताडना, लैङ्गिक उत्पीडनबाट आक््रmान्त छन् । यति हुँदाहुँदै पनि निम्नवर्गीय पात्रहरू सम्भ्रान्त वर्गको शोषणका विरुद्ध सशक्त रूपमा उत्रिएका छन् । सम्भ्रान्त वर्गका पात्रहरूको क्रुरतापूर्ण व्यवहारका विरुद्ध निम्नवर्गीय पात्रहरूले सङ्घर्ष र विद्रोहको आगो ओकलेका छन् । कार्ल माक्र्सले भनेझैँ सम्भ्रान्त वर्गको शोषण र उत्पीडनबाट मुक्ति पाउनका लागि निम्नवर्गीय पात्रहरूले गरेका प्रयत्नका कारण कथा वर्गीय द्वन्द्वका कोणबाट सफल देखिएको छ । \n ","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"2 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52127","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत ‘साल्गीको बलात्कृत आँसु’कथामा वर्गीय द्वन्द्व शीर्षकको आलेख माक्र्सवादी वर्गीय चिन्तनका कोणबाट कथालाई विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी संकलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । कथामा प्रयुक्त ल्वाँगे घर्ती, सरदार्नी लगायतका पात्रहरूले शोषक र सामन्त वर्गको प्रतिनिधित्व गरेका छन् भने साल्गी, साल्गीकी आमा, आवा लगायतका पात्रहरूले शोषितपीडित वर्गको प्रतिनिधित्व गरेका छन् । खासगरी ल्वाँगे घर्तीजस्तो दलालले गाउँकी सोझी केटी साल्गीलाई आर्थिक प्रलोभनमा पारी जागिर लगाइदिने बहानामा कानपुरको वेश्यालयमा पु¥याई नारकीय जीवन बिताउन बाध्य बनाएको छ । साल्गीको देह व्यापारबाट वेश्यालयकी मालिक्नी सरदार्नी रातारात धनी बनेकी छ तर साल्गी जीर्ण शरीर र विदीर्ण हृदय लिएर गाउँ र घरपरिवारको सम्झनालाई केवल हृदयमा सजाएर बाँच्न विवश छ । वर्गीय चिन्तनका कोणबाट कथालाई दृष्टिगत गर्दा कथाका निम्नवर्गीय पात्रहरू गरिबी÷अभाव र अशिक्षाको शिकार, यौन शोषण र प्रताडना, लैङ्गिक उत्पीडनबाट आक््रmान्त छन् । यति हुँदाहुँदै पनि निम्नवर्गीय पात्रहरू सम्भ्रान्त वर्गको शोषणका विरुद्ध सशक्त रूपमा उत्रिएका छन् । सम्भ्रान्त वर्गका पात्रहरूको क्रुरतापूर्ण व्यवहारका विरुद्ध निम्नवर्गीय पात्रहरूले सङ्घर्ष र विद्रोहको आगो ओकलेका छन् । कार्ल माक्र्सले भनेझैँ सम्भ्रान्त वर्गको शोषण र उत्पीडनबाट मुक्ति पाउनका लागि निम्नवर्गीय पात्रहरूले गरेका प्रयत्नका कारण कथा वर्गीय द्वन्द्वका कोणबाट सफल देखिएको छ ।