{"title":"मधेसतिर कथामा सीमान्तीयता {Marginality in the story towards Madhes}","authors":"शारदा Sharada खनाल Khanal","doi":"10.3126/tribj.v1i1.53586","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53586","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।