{"title":"शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारता","authors":"श्रीधर Shreedhar न्यौपाने Neupane","doi":"10.3126/tuj.v38i01.56218","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख पारिजातद्वारा लिखित शिरीषको फूल र ध्रुवचन्द्र गौतमद्वारा लिखित डापी उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता निस्सारताका कोणबाट गरिने तुलनात्मक अध्ययनमा केन्द्रित रहेको छ । शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्यप्रश्नको समाधानका लागि यी दुई उपन्यासको तुलनात्मक अध्ययन गरिने उद्देश्य यस अध्ययनमा राखिएको छ । स्वतन्त्र निर्णय गर्दै अस्तित्वका लागि प्रयत्नशील मानिसले भोग्नु परेका अनपेक्षित परिणाम, अभावजस्ता समस्याका कारण उसमा जीवनप्रति निरर्थकताको अनुभूति हुन्छ भन्ने मान्यता अस्तित्ववादी निस्सारताको रहेको छ । विवेच्य यी दुई उपन्यासका प्रमुख पात्रहरू सकमबरी, सुयोगवीर र विक्रमले अस्तित्वका लागि प्रयत्न गरिरहँदा भोग्नुपरेका अनपेक्षित परिणामका कारण निस्सारताको अनुभूति गरेको कुरालाई विषयबद्ध गरिएको छ । बहुसत्यमा विश्वास गरिएको यो गुणात्मक अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बीचमा समन्वय कायम गरिएको छ । पाठ विश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनमा उपन्यासका साक्ष्यका आधारमा निस्सारताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधि अवलम्बन गरिएको छ । अस्तित्वकालागि प्रयत्नशील मानिसले भोग्नुपर्ने समस्याका कारण उसमा जीवनप्रति निस्सारताको अनुभूति हुन्छ भन्ने लोकका लागि उपयोगी ज्ञानको सञ्चार यी दुई उपन्यासले गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी निस्सारताको मर्म अनुकूल निर्मित उपकरणका आधारमायी दुई उपन्यासका बीचमा गरिएको तुलना नवीन, मौलिक र प्राज्ञिक दृष्टिले महत्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"22 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56218","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख पारिजातद्वारा लिखित शिरीषको फूल र ध्रुवचन्द्र गौतमद्वारा लिखित डापी उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता निस्सारताका कोणबाट गरिने तुलनात्मक अध्ययनमा केन्द्रित रहेको छ । शिरीषको फूल र डापी उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्यप्रश्नको समाधानका लागि यी दुई उपन्यासको तुलनात्मक अध्ययन गरिने उद्देश्य यस अध्ययनमा राखिएको छ । स्वतन्त्र निर्णय गर्दै अस्तित्वका लागि प्रयत्नशील मानिसले भोग्नु परेका अनपेक्षित परिणाम, अभावजस्ता समस्याका कारण उसमा जीवनप्रति निरर्थकताको अनुभूति हुन्छ भन्ने मान्यता अस्तित्ववादी निस्सारताको रहेको छ । विवेच्य यी दुई उपन्यासका प्रमुख पात्रहरू सकमबरी, सुयोगवीर र विक्रमले अस्तित्वका लागि प्रयत्न गरिरहँदा भोग्नुपरेका अनपेक्षित परिणामका कारण निस्सारताको अनुभूति गरेको कुरालाई विषयबद्ध गरिएको छ । बहुसत्यमा विश्वास गरिएको यो गुणात्मक अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बीचमा समन्वय कायम गरिएको छ । पाठ विश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनमा उपन्यासका साक्ष्यका आधारमा निस्सारताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधि अवलम्बन गरिएको छ । अस्तित्वकालागि प्रयत्नशील मानिसले भोग्नुपर्ने समस्याका कारण उसमा जीवनप्रति निस्सारताको अनुभूति हुन्छ भन्ने लोकका लागि उपयोगी ज्ञानको सञ्चार यी दुई उपन्यासले गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी निस्सारताको मर्म अनुकूल निर्मित उपकरणका आधारमायी दुई उपन्यासका बीचमा गरिएको तुलना नवीन, मौलिक र प्राज्ञिक दृष्टिले महत्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।