{"title":"Importance of Gilansuttas in Suttapitaka सुत्तपिटकमा गिलानसुत्तहरूको महत्त्व","authors":"Reshma Shakya","doi":"10.3126/hj.v13i1.46230","DOIUrl":null,"url":null,"abstract":"सुत्तपिटकका पाँच निकायहरूमध्ये संयुत्तनिकायमा नौ र अंगुत्तरनिकायमा दुई ठाउँमा गरी जम्मा एघार स्थानमा गिलान सुत्तहरू उपलब्ध छन् । गिलानको शाब्दिक अर्थ रोगी वा विरामी हो । रोग, भोक र शोकले व्याप्त वर्तमानको कोरोना संक्रमणकालले विश्व स्वास्थ्य संगठनले परिकल्पना गरेको शारीरिक, मानसिक र सामाजिक स्वस्थता ल्याउने ध्येयमा नराम्रो आघात पुगेको छ । यस अवसरमाबुद्धवचन “आरोग्य परमा लाभा”को चरित्रार्थ गर्न रोग वा रोगीसँग सम्बन्धित सुत्तहरूको अनुसन्धान समय सापेक्ष हुने अवधारणा रहेको छ । गिलान सुत्तमा रोगका विषयहरू त्रिलक्षण विधि, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग आदिको महत्व पहिचान गरेको छ । हाल त्रिलक्षण र सतिपट्ठान विषयहरूमा आधारित भई साइकोथेरापीमा विकसित रोग मुक्त्तिका पद्धतिहरूको सफलता र कोरोनाको संक्रमण काललाई अवसरको रूपमा लिई सुत्तको महिमा जनजनमा पुग्ने बाटो खुलाएको र रोगको माध्यमबाट दुःख र दुःख मुक्तिको मार्ग दर्शन गराई दुःख निरोधको दिशातर्फ उन्मुख गराउन सकिने संभावना प्रस्तुत गरेको छ । सुत्तमा केवल स्मरण मात्र गरेर रोगबाट मुक्त भएको देखाएको सप्तबोध्यंगलाई वाचनमा सीमित गरिनु कमजोरी रूपमा देखिन्छ । त्यसैले करुणा र मैत्रीयुक्त समाजको परिकल्पनार्थ यी बोध्यंगहरूको उत्पत्ति गर्ने तर्फ अग्रसरताको जरुरत रहेको र साईकोथेरापीलाई चुनौतीको रूपमा विद्यमान रहेको यर्थाथता प्रस्तुत गरेको छ । बुद्धको अन्तिम वचन अप्रमादीत्वलाई सार्थक पार्न गिलान सुत्तहरूले मार्ग पहिचान गरिदिएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46230","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
सुत्तपिटकका पाँच निकायहरूमध्ये संयुत्तनिकायमा नौ र अंगुत्तरनिकायमा दुई ठाउँमा गरी जम्मा एघार स्थानमा गिलान सुत्तहरू उपलब्ध छन् । गिलानको शाब्दिक अर्थ रोगी वा विरामी हो । रोग, भोक र शोकले व्याप्त वर्तमानको कोरोना संक्रमणकालले विश्व स्वास्थ्य संगठनले परिकल्पना गरेको शारीरिक, मानसिक र सामाजिक स्वस्थता ल्याउने ध्येयमा नराम्रो आघात पुगेको छ । यस अवसरमाबुद्धवचन “आरोग्य परमा लाभा”को चरित्रार्थ गर्न रोग वा रोगीसँग सम्बन्धित सुत्तहरूको अनुसन्धान समय सापेक्ष हुने अवधारणा रहेको छ । गिलान सुत्तमा रोगका विषयहरू त्रिलक्षण विधि, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग आदिको महत्व पहिचान गरेको छ । हाल त्रिलक्षण र सतिपट्ठान विषयहरूमा आधारित भई साइकोथेरापीमा विकसित रोग मुक्त्तिका पद्धतिहरूको सफलता र कोरोनाको संक्रमण काललाई अवसरको रूपमा लिई सुत्तको महिमा जनजनमा पुग्ने बाटो खुलाएको र रोगको माध्यमबाट दुःख र दुःख मुक्तिको मार्ग दर्शन गराई दुःख निरोधको दिशातर्फ उन्मुख गराउन सकिने संभावना प्रस्तुत गरेको छ । सुत्तमा केवल स्मरण मात्र गरेर रोगबाट मुक्त भएको देखाएको सप्तबोध्यंगलाई वाचनमा सीमित गरिनु कमजोरी रूपमा देखिन्छ । त्यसैले करुणा र मैत्रीयुक्त समाजको परिकल्पनार्थ यी बोध्यंगहरूको उत्पत्ति गर्ने तर्फ अग्रसरताको जरुरत रहेको र साईकोथेरापीलाई चुनौतीको रूपमा विद्यमान रहेको यर्थाथता प्रस्तुत गरेको छ । बुद्धको अन्तिम वचन अप्रमादीत्वलाई सार्थक पार्न गिलान सुत्तहरूले मार्ग पहिचान गरिदिएको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.