{"title":"अनुराधा उपन्यासमा लैङ्गिकता","authors":"त्रिभुवन Tribhuvan बरई Barai","doi":"10.3126/tuj.v38i01.56215","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा विजय मल्लको अनुराधा उपन्यासको मूल्याङ्कन गरिएको छ । लैङ्गिकताका दृष्टिकोणले विजय मल्लको अनुराधा उपन्यास कस्तो रहेको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एबम म्द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । लैङ्गिक विभेदको दुष्परिणतिको यथार्थाङ्कन, नारीपात्रको सशक्त र सक्रिय प्रतिनिधित्व, नारीको विद्रोही र प्रतिरोधी स्वरको अभिव्यक्ति एवम् लैङ्गिक समानता र स्वतन्त्रताप्रतिको अपेक्षाजस्ता प्रारूपका आधारमा उक्त उपन्यासको मूल्यनिरूपण यस लेखमा गरिएको छ र यस लेखको अन्त्यमा उक्त उपन्यासले लैङ्गिक समविकासको अवधारणाको प्रस्तुतिका माध्यमबाट लोककल्याणको भाव अभिव्यक्त गर्न खोजेको अभिमत पत्ता लगाउनु, स्रष्टालाई उत्पीडित समुदायको समस्याको उठानका माध्यमबाट जनहितकारी साहित्यको सिर्जना गर्न, द्रष्टा र अनुसन्धातालाई लैङ्गिकताको मौलिक विश्लेषण पद्धति अपनाई साहित्यिक कृतिको मूल्यनिरूपण गर्न तथा पाठकलाई लैङ्गिक समविकासको अवधारणा अनुसारको आचरण र व्यवहार स्विकारी मानवीय जीवनमूल्यको महत्व र गरिमा कायम गर्न अभिप्रेरित गरेको कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"116 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56215","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा विजय मल्लको अनुराधा उपन्यासको मूल्याङ्कन गरिएको छ । लैङ्गिकताका दृष्टिकोणले विजय मल्लको अनुराधा उपन्यास कस्तो रहेको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एबम म्द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । लैङ्गिक विभेदको दुष्परिणतिको यथार्थाङ्कन, नारीपात्रको सशक्त र सक्रिय प्रतिनिधित्व, नारीको विद्रोही र प्रतिरोधी स्वरको अभिव्यक्ति एवम् लैङ्गिक समानता र स्वतन्त्रताप्रतिको अपेक्षाजस्ता प्रारूपका आधारमा उक्त उपन्यासको मूल्यनिरूपण यस लेखमा गरिएको छ र यस लेखको अन्त्यमा उक्त उपन्यासले लैङ्गिक समविकासको अवधारणाको प्रस्तुतिका माध्यमबाट लोककल्याणको भाव अभिव्यक्त गर्न खोजेको अभिमत पत्ता लगाउनु, स्रष्टालाई उत्पीडित समुदायको समस्याको उठानका माध्यमबाट जनहितकारी साहित्यको सिर्जना गर्न, द्रष्टा र अनुसन्धातालाई लैङ्गिकताको मौलिक विश्लेषण पद्धति अपनाई साहित्यिक कृतिको मूल्यनिरूपण गर्न तथा पाठकलाई लैङ्गिक समविकासको अवधारणा अनुसारको आचरण र व्यवहार स्विकारी मानवीय जीवनमूल्यको महत्व र गरिमा कायम गर्न अभिप्रेरित गरेको कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।